त्रिविले अन्तिम वर्षको ब्याक पेपरको परीक्षा एक महिनाभित्रै गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अन्तिम सेमेस्टर तथा अन्तिम वर्षमा अनुत्तीर्ण हुने विद्यार्थीलाई एक महिनाभित्रै मौका परीक्षा दिने भएको छ । दुई विषयसम्ममा अनुत्तीर्ण भएका विद्यार्थीलाई एक महिनाभित्रै मौका परीक्षा (ब्याक पेपर) दिने व्यवस्था गर्ने भएको हो ।

त्रिवि उपकुलपति प्राडा केसरजंग बरालले दुई पेपरसम्म लागेका विद्यार्थीलाई त्यही वर्ष बढीमा एक महिनाभित्र पुनः परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । स्नातक तह तेस्रो तथा चौथो वर्षको परीक्षामा दुई विषयसम्ममा अनुत्तीर्ण भएका विद्यार्थीहरूले समेत अर्को वर्षको परीक्षा कुर्नुपर्ने बाध्यता छ । त्यस्तो स्नातकोत्तर तह अन्तिम वर्ष तथा चौथो सेमेस्टरमा समेत अनु उत्तीर्ण भएका विद्यार्थी मौका परीक्षाका लागि अर्को वर्ष नै कुर्नुपर्ने बाध्यता छ ।

त्रिविले यस्तो बाध्यतालाई अन्त्य गर्दै परीक्षाको नतिजा आएको बढीमा एक महिनाभित्रमा ब्याक पेपरको परीक्षा गर्ने र तुरुन्तै नतिजा प्रकाशन गर्नेगरी तयारी गरेको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार