
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्याउने लक्ष्य रहेको बताएका छन् । आज मन्त्रालयमा खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीप श्रेष्ठ लगायतको टोलीसँग छलफल गर्दै मन्त्री यादवले संस्थानले खानेपानीका क्षेत्रमा गरिरहेका कामका विषयमा जानकारी लिएका थिए ।
उक्त छलफलका क्रममा उनले बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी दिएको मन्त्रालयले जनाएको छ । ‘अहिले हामीले मुलुकमा ९८ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी सेवा पुर्याएका छौँ । एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पु¥याउने लक्ष्य छ,’ उनले भने ।
सो छलफलमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी, रमाकान्त दुवाडी, खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख निरन मर्हजन लगायतको सहभागिता रहेको थियो ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा