
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मा साढे १९ करोड बढी नाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्मा कम्पनीले गत आवको सोही अवधिको भन्दा ३.३७ प्रतिशतले नाफा बढाएको हो । कम्पनीले गत आवको सोही अवधिमा १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १९.८३ प्रतिशत बढेको छ भने कुल आम्दानी १९.३५ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २२.२६ प्रतिशत र कुल खर्च १९.७८ प्रतिशत बढेको छ ।
नाफा बढेपनि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७० पैसा घटेर ७ रुपैयाँ ८३ पैसामा झरेको छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा रहेको छ ।
५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ३८ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४छ करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।













समाचार
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न
टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की
अब वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिन आन्तरिक राजस्व विभागको आग्रह
ऊर्जा मन्त्री श्रेष्ठको पहलमा टेकुमा रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरू
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको भेट : २० सीईओलाई अर्थमन्त्रीका प्रश्नैप्रश्न
राष्ट्र बैंकमा सात सदस्यीय बोर्ड नै ठीकः अर्थमन्त्री वाग्ले