
ललितपुर, फागुन २४ । समाजवादी ट्रेड युनियन महासंघ अन्तर्गत केन्द्रीय महिला समितिद्वारा ११५औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भव्य रूपमा सम्पन्न भएको छ। “सबै महिला र बालिकाहरूका लागि अधिकार, समानता र सशक्तीकरण” भन्ने नाराका साथ आयोजित यो दिवस विशेषगरी महिलाहरूको दीनदशा, न्यूनतम पारिश्रमिक, सम्भावित काम गर्ने घण्टा र कामको अवस्थामा सुधारका लागि गरिएको संघर्षको प्रतीक बनेको हो। यसले महिलाहरूको श्रम अधिकार, समान पारिश्रमिक, र महिलाहरुको प्रतिकुलताको विरोधमा एक साझा आवाज बन्ने काम गरेको छ।
कार्यक्रम जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय भवन, ग्वार्कोमा सम्पन्न भएको थियो। कार्यकममा प्रमुख अतिथिका रूपमा जनता समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष सुषिला श्रेष्ठ उपस्थिति रह्यो भनेअध्यक्षता समाजवादी ट्रेड युनियन महासंघका उपाध्यक्ष सोनाम लामा शाक्यले गरे।

कार्यक्रमको सुरुवात समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालले स्वागत मन्तव्य व्यक्त गर्दै भने, “महिला श्रमिकहरूको योगदानलाई सम्मान गर्दै हामीले यसपटक विशेष ध्यान महिलाहरूको शिक्षा, स्वास्थ्य र आर्थिक स्वतन्त्रतामा केन्द्रित गरेका छौं। यसले विश्वव्यापी रूपमा महिलाहरूको अधिकार, शिक्षा, स्वास्थ्य र सुरक्षामा सुधार ल्याउने दिशामा कार्यलाई तीव्र गति दिन प्रेरित गरेको छ।” यी सम्पूर्ण क्षत्रको हिस्सेदार बन्न अहि बदना समेत जोड दिए।
जानता समाजवादी पार्टी केन्द्रिय सदस्य पासाङ्ग शेर्पाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “आजको दिन हामीले नारीहरूको इतिहासमा आधारित उपलब्धिहरूलाई मात्र होइन, भविष्यमा अझ प्रगतिको लागि उनीहरूको योगदानलाई पनि सम्मान गर्नु पर्दछ। महिलाहरूलाई निर्णय प्रक्रिया, नीतिनिर्माण तथा नेतृत्वमा समावेश गर्ने दिशामा एकजुट भई अघि बढ्न आह्वान समेत गरे।

जसपा केन्द्रीय सदस्य रीता राइले विगतका व्श्वव्यापी महिला आन्दोलनका संघर्ष र महत्त्वलाई सम्झदै भने “महिलाहरूले समान अधिकार, मतदान अधिकार र आर्थिक स्वतन्त्रताका लागि संघर्ष गरे। जसले आजको दिन ल्याएको छ।
कार्यक्रमका प्रमुख अतिथि सुषिला श्रेष्ठले शुभकामना व्यक्त गर्दै भने,हामीले इतिहासका पाना पल्टिदै, भविष्यमा नयाँ सफलता र समृद्धिका लागि निरन्तर अघि बढ्न पर्छ। आफ्नै अनुभवलाई जोड्दै विगतमा महिलाहरुलाई कुनै सभा समारोहमा कुर्सीमा बस्ने समेत अनुमति थिएन। बल्लतल्ल विद्यालय शिक्षा पाए पनि आन्तरिक ज्ञान हासिल गर्न समेत बन्देज थियो। त्यो दृश्यबाट गुज्रिदै र भोगाइबाट आएको क्षणलाई अहिले तुलना गर्दा महिलाहरुले धेरै अधिकार र स्वतन्त्रता प्राप्त गरेका छन्। महिलाहरुको परिवर्तन परिवारबाट सुरुवात हुनुपर्छ। युनिटरी सिस्टमबाट सुरु हुनुपर्छ। जुन परिवारको संरचनामा आधारित छ, त्यहीँबाट सामाजिक परिवर्तन र समानता ल्याउन सकिन्छ। यसले समाजका अन्य क्षेत्रहरूमा पनि सकारात्मक प्रभाव पार्नेछ।”

कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष सोनाम लामाले महिलाहरुको वर्तमान समस्याबारे थप स्पष्ट पार्दै भने, “महिलाहरूको समस्याहरू परिवारबाट सुरू भइ समाजसम्म फैलिएका छन्। अझ एकल महिलालाई समाजले हेर्ने दृष्टिकोणमा पनि अझै परिवर्तन आएको छैन। महिला सशक्तिकरण र आत्मनिर्भरता बढाउन नयाँ नीति र कार्यक्रमहरू अघि सार्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘महिलाहरूलाई थप सशक्त, आत्मनिर्भर र स्वाभिमानी बनाउनका लागि हामी नयाँ नीति र कार्यक्रमहरू अघि सार्ने छौं।'”

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय समिति सदस्यहरू, बागमती प्रदेश मुख्य सचिव अर्जुन कुवेर, बौद्धिक पेसाकर्मी महासंघका केन्द्रिय सदस्य मबिन्द्र राइले पनि आफ्ना शुभकामना सहित भानाईहरु राखे। कार्यक्रममा ट्रेड युनियन महासंघका केन्द्रिय सदस्यहरू र विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको उद्घोषण समाजवादी ट्रेड युनियन महासंघका महासचिव दयाराम राइले गरेका थिए।














समाचार
सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने, सार्वजनिक गर्यो तालिका
जीवन बीमा कम्पनीको व्यवसाय दुई खर्ब नाघ्यो , १२.४३ प्रतिशतले व्यवसाय बढ्दा कुन कम्पनीको कति पुग्यो ?
पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा
इरानसँग वार्ता गर्ने ट्रम्पको घोषणाले कच्चा तेलको भाउ घट्यो
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता
सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकममा वृद्धि
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?