
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री बिद्या भट्टराई तथा मन्त्रालयका सचिव डा.दीपक काफ्ले सहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासङ्घका सह अध्यक्ष नानुमाया पराजुली सहितको टोली सहभागी थियो ।
मन्त्रालयमा बिहीबार साँझ भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव शिवहरी सापकोटाले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘आजदेखि सरकार र आन्दोलनरत शिक्षकबीचमा वार्ताको प्रारम्भ भएको हो । कुनै निष्कर्ष निस्केको छैन । सरकारको तर्फबाट मन्त्री ज्यूले माग पुरा गर्नका लागि पहल भइरहेको छ भनेर सम्झाउनुभयो ।’ प्रवक्ता सापकोटाले वार्तालाई निरन्तरता दिनेगरी बिहीबारको वार्ता टुङ्गिएको जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व