आइसिसी टी–२० विश्वकप छनोट : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको हो ।

अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जित्दै पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । यो खेलमा आदिल आलमलाई बेन्चमा राखिएको छ । अहिले दुई खेल निलम्बनमा परेका सन्दीप लामिछाने कम ब्याक गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार