
दोस्रो हाफमा फेडेरिको भाल्भर्डे, ब्राहिम डियाज र एन्ड्रिकले गोल गरेसँगै रियल मड्रिडले आइतबार राति भएको स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि ३–० को सहज जित निकालेको छ।
रियलका खेलाडीको रूपमा केलियन एमबाप्पेको घरेलु डेब्यू राम्रो हुन सकिरहेको छैन। युरोपा लिग च्याम्पियन एटलान्टालाई २–० ले हराउँदै युइएफए सुपर कपको उपाधि उचाल्दा एमबाप्पेले एक गोल गरेका थिए। त्यसैले उनले रियलमा आशाजनक सुरुआत गरेको मानिएको थियो। रियलले गत साता मालोर्कासँग १–१ गोलको बराबरी खेल्दै ला लिगाको सिजनको सुरुआत गरेको छ। उक्त खेलमा पनि उनी चल्न सकेनन्।
आइतबार रियलले बल पोजिसनमा आफ्नो कब्जा जमाए पनि पहिलो हाफमा भालाडोलिडको अल्ट्रा डिफेन्सिभ एप्रोचलाई तोड्न संघर्ष गरेको थियो। रियलले इङ्ल्यान्डका खेलाडी जुड बेलिङ्घमलाई मैदान बाहिर राखेको थियो।
५०औं मिनेटमा भाल्भर्डेले डिबक्सको किनाराबाट गरेको गोलबाट रियलले अग्रता लिएको थियो। ८८औं मिनेटमा सब्स्टिच्युट खेलाडी डियाज र थपिएको समयको ६ मिनेटमा एन्ड्रिकले गोल गर्दै रियललाई जित दिलाए। रियल दुई खेलबाट चार अंकसहित ला लिगा तालिकाको तेस्रो स्थानमा छ भने शीर्ष स्थानमा रहेको बार्सिलोना र सेल्टा भिगोभन्दा दुई अंकले पछि छ।













समाचार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
एभरेष्ट बैंकको नाफा ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफा कति ?
ग्लोबल आइएमई बैंकको नाफा उछाल, अधिकांश सूचक सकारात्मक हुदाँ लाभांश क्षमता कति ?
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
३३ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?
बेनी–जोमसोम सडक रातिमा बन्द
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै