
माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा दसैँसम्ममा आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षाको नतिजा दसैँ अगाडि नै प्रकाशन गर्नेगरी तयारी गरेको हो ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले हाल कापी परीक्षणको काम भइरहेको बताए । कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्नेगरी नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको उनको भनाइ छ । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय असोज १५ देखि कात्तिक ३० भित्र (विलम्ब शुल्कसहित) को समय तोकिएको छ । त्यस अगाडि नै नतिजा प्रकाशन गर्ने योजनाका साथ काम भइरहेको पौडेलले बताए ।
हाल देशभरका विभिन्न ३४ वटा केन्द्रमा कापी परीक्षणको काम भइरहेको छ । कापी परीक्षण सकिएको क्षेत्रबाट कापी र मार्क बोर्डमा पठाउने समेत काम भइरहेको छ भने वर्षातले गर्दा कतिपय ठाउँमा समस्या समेत भइरहेको छ । ‘दसैँ अगाडि नै नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको छ । बर्खाले समस्या भइरहेको छ । टाढा विकट क्षेत्रका कापी परीक्षण केन्द्रसम्म ल्याउन समस्या भइरहेको छ । त्यस्तै परीक्षण भइसकेका कापी बोर्डमा ल्याउन पनि बर्खाले समस्या भइरहेको छ,’ परीक्षा नियन्त्रक पौडेलले भने ।
२०८० सालको एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीलाई ग्रेडबृद्धिको मौका दिइएको थियो । त्यसअघि दुई विषयमा मात्रै एनजी आएका विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो । तर, तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एनजी आएका सबै र अनुपस्थित भएका सबै विद्यार्थीलाई ग्रेडबृद्धि परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् ।
सोही आधारमा बोर्डले सबैलाई परीक्षा दिन पाउनेगरी कार्यतालिका सार्वजनिक गरेको थियो । जसमा दुई लाख नौं हजार ८०४ विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिएका थिए । एनजी आएका तथा अनुपस्थित रहेका दुई लाख ३४ हजारमध्ये उक्त संख्यामा मात्रै विद्यार्थीहरूले परीक्षा दिएका थिए ।













समाचार
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न एलपी ग्यास उद्योग संघको आग्रह
फोहोरमैला व्यवस्थापन विधेयक संसद्मा दर्ता
राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी
सेयर बजारमा करिब १२ अंकको सुधार, कारोबार ५ अर्ब माथि