
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।
विजयी भएका पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत मात्रै प्राप्त गरे । यस्तै महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा (५५०) विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै सापकोटा समूहका कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल (५३५)र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) विजयी भएका छन् ।
त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । सदस्यहरूमा पवित्रा तामाङ, अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।












समाचार
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० उत्कृष्ट सिटिजन लिडर र अभिकर्ता सम्मानित
मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ