
काठमाडौं । सेयर बजार परिसूचक लगातार दोस्रो दिन पनि बढेको छ । अघिल्लो दिन पनि उच्च अंकले बढेको सेयर बजार परिसूचक आज पनि ३७ दशमलव १३ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६९० दशमलव ७१ विन्दुमा पुगेको छ । आज सेयर बजार अघिल्लो दिनको भन्दा १.३९ प्रतिशतले बढेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ कम्पनीको घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ३२ अंकले बढेर ४८३ दशमलव ७८ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.५३ प्रतिशतले धेरै हो । आज १३ समूहको उपसूचकमध्ये २ वटाको सेयर मूल्य घटेको छ भने ११ उपसूचकको मूल्य भने बढेको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि केही सुधार भएको छ । अघिल्लो दिन ६ अर्ब १३ करोडमा सिमित रहेको कारोबार आज ७ अर्बभन्दा माथि पुगेको छ ।
आज सेयर बजारमा ३०५ कम्पनीका १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर ७३ हजार ११९ पटक खरिद बिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ रुपैयाँको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा इर्स्टन हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।











समाचार
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० उत्कृष्ट सिटिजन लिडर र अभिकर्ता सम्मानित
मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ