
काठमाडौं । नेपालले पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई १७ रनले पराजित गरेको छ । डल्लासमा जितका लागि १६५ रनको लक्ष्य पाएको घरेलु टोलिले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्रै बनाउन सक्यो ।
घरेलु टोलिका लागि शायन जहाँगीर सर्वाधिक ६० रनको योगदान दिए पनि टोलिलाई जित दिलाउन भने सकेनन् । त्यस्तै एन्ड्रिज गौसले पनि ३० रनको योगदान दिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ३ विकेट लिए । त्यस्तै रिजन ढकाल, करण केसी र गुल्सन झाले १–१ विकेट लिए ।
यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपाले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७–२७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान २–२ विकेट लिए ।
नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ । यो टी–२० शृङ्खलापछि नेपालले अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।













समाचार
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न
टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की
अब वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिन आन्तरिक राजस्व विभागको आग्रह
ऊर्जा मन्त्री श्रेष्ठको पहलमा टेकुमा रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरू
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको भेट : २० सीईओलाई अर्थमन्त्रीका प्रश्नैप्रश्न
राष्ट्र बैंकमा सात सदस्यीय बोर्ड नै ठीकः अर्थमन्त्री वाग्ले