
काठमाडौं । राफिन्हाको ह्याट्रिकसँगै बार्सिलोनाले च्याम्पियन लिगमा बायर्न म्युनिखमाथि प्रभावशाली जित हात पारेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ४–१ ले विजयी भएको हो ।
बार्सिलोनाको यो दोस्रो जित हो । जितसँगै १०औं स्थानमा उक्लिएको बार्सिलोनाले तीन खेलबाट ६ अंक पुर्याएको छ । समान खेल खेलेको बायर्न तीन अंकसहित २३औं स्थानमा छ । खेलको पहिलो मिनेटमै राफिन्हाको गोलमा बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो । उनले फर्मिन लोपेजको क्रसलाई सदुपयोग गरे। १०औं मिनेटमा ह्यारी केनको गोललाई भिएआरले मान्यता नदिँदा बायर्न खेलमा फर्किन सकेन । तर, त्यसको आठ मिनेटपछि नै उनले नै बायर्नलाई खेलमा फर्काए ।
२७औं मिनेटमा लोपेजको क्रसमा रोबर्ट लेवान्डोस्कीले गोल गरेसँगै बार्सिलोना पुनः अग्रता लिन सफल भयो । पहिलो हाफको अन्त्यतिर राफिन्हाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । यसपल्ट मार्क कासाडोले असिस्ट गरे । ५६औं मिनेटमा लामिन यमलको पासमा राफिन्हाले ह्याट्रिक पूरा गर्दै बार्सिलोनलाई प्रभावशाली जित दिलाए ।












समाचार
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० उत्कृष्ट सिटिजन लिडर र अभिकर्ता सम्मानित
मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ