चाँगुनारायण अद्भूत धार्मिक पर्यटकीय क्षेत्र : मुख्यमन्त्री बानियाँ

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चाँगुनारायण नगरपालिका क्षेत्र अद्भूत धार्मिक पर्यटकीय क्षेत्र रहेको बताएका छन् । चाँगुनारायण नगरपालिका तेलकोटस्थित प्रसिद्ध पञ्च महालक्ष्मी मन्दिरमा पूजा एवं आरतीमा सहभागी हुँदै उनले यहाँको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिए ।

उनले चाँगुनारायण क्षेत्र आफैँमा प्राकृतिक रुपमा सुन्दर पर्यटकीय क्षेत्र रहेको र चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्मका सबै धार्मिक सम्पदा, मठमन्दिर, ऐतिहासिक पुरातात्विक सम्पदालई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरेर विदेशी पर्यटक भित्र्याउन सकिने बताए । मुख्यमन्त्रीसँगै मन्दिर पुग्नुभएका चाँगुनारायण निवासी नवनियुक्त संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले यहाँको महत्वमाथि प्रकाश पारेका थिए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार