
बागलुङ । सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख संकलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम संकलन भएको हो ।
गाजाको दह संरक्षणमा पर्याप्त लगानी नगर्दा क्रमशः दह सुक्दै गएको गएको र मन्दिर पनि जीर्ण भएको भन्दै स्थानीयले महायज्ञ आयोजना गरेर रकम संकलन गरेका छन् । गाजा दहको प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गर्न यही मङ्सिर ८ गतेदेखि सुरु भएको उक्त महायज्ञ मङ्सिर १४ गते सम्पन्न भएको थियो । गाजा दह क्षेत्रमा पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा नगदका साथै अन्य बागदान र जिन्सी सामानको मूल्यांकनपछि मात्र सहयोगबारे भन्न सकिने महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप पर्तेलले जानकारी दिए ।
संकलित रकमले बागलुङको जैमिनी र गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको शिरमा पर्ने गाजाको दहमा रहेको सिद्ध बराहको मन्दिर जीर्ण भएकाले पुनर्निर्माण गरिनेछ । गाजा दहको एकीकृत विकासका लागि गुरुयोजना बनाएर विकास गर्ने लक्ष्य रहेको सिद्ध बराह मन्दिर संरक्षण समिति अध्यक्ष लोकबहादुर छन्त्यालले जानकारी दिए । महायज्ञमा प्रमुख वाचकका रूपमा शिवदत्त रेग्मीले धार्मिक प्रवचन गरेका थिए । महायज्ञमा संकलन भएको रकम गाजा दहको प्रचारप्रसार, पूर्वाधार र सिद्ध बराहको पुनर्निर्माण गरिनेछ ।












समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिहा
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
करेन्ट लागेर चितुवाको मृत्यु
पछिल्लो २४ घण्टामा सबैधन्दा धेरै वर्षा चितवनमा
सेनाको निष्कर्ष : सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय
आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) आजदेखि विधिवत् आरम्भ
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द
कपिलवस्तुकाे भाइरल डाँडानजिक पहिरो जाँदा पूर्व- पश्चिम राजमार्ग अवरुद्ध
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ
तीन मनसुनी प्रणाली सक्रिय, यी स्थानमा भारी वर्षाकाे सम्भावना