क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि 

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दैछ । यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । ओमानमा यसअघि आफ्ना दुई खेलमा लगातार जित निकालेको नेपालको ३४ खेलमा २८ अंक छ ।

अब शीर्ष–६ भित्र पर्न नेपालले बाँकी २ मध्य कम्तिमा एउटा जित्नुपर्नेछ । नेपालले अन्तिम खेल अघि नै शीर्ष–६ मा पर्न आज क्यानडालाई हराउनुपर्ने हुन्छ । क्यानडा पनि शीर्ष ६ भित्र पर्नका लागि आज जित्नै पर्ने दबाबमा हुने छ । आज पराजित भएमा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने दबाब हुनेछ । शीर्ष–६ मा रहे एकदिवसीय मान्यता जोगिनेछ । लिग–२ अन्तर्गत बिहीबारको खेलमा ओमानलाई ५८ रनले पराजित गर्दै क्यानडाले पनि शीर्ष–६ को सम्भावनालाई जीवितै राखेको छ । उसको ३५ खेलमा २७ अंक छ ।

अहिले अंकतालिकामा नेपाल छैठौं, क्यानडा सातौं र युएई अन्तिम आठौँ स्थानमा छन् । क्यानडाको आज अन्तिम खेल हो भने नेपालले लिग–२ श्रृङखलाको अन्तिम खेल सोमबार ओमानसँग खेल्नेछ । क्यानडालाई पनि शीर्ष–६ को सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ । नेपालले आज क्यानडा वा सोमबार ओमानमध्ये एकलाई पराजित गरेमा छैटौं स्थान पक्का गर्नेछ । शीर्ष ६ मा परे नेपालको एकदिवसीय मान्यता जोगिनेछ । नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट