चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई काठमाडौंको चावहिलस्थित ऐतिहासिक चारुमती विहारसँग सम्बन्धित मूर्ति उपहार दिने भएका छन् । नेपाल र भारतबीचको प्राचीन बौद्ध सभ्यता, सांस्कृतिक सम्बन्ध र साझा ऐतिहासिक विरासतलाई प्रतिबिम्बित गर्ने उद्देश्यले यस्तो उपहार दिन लागिएको हो ।

नेपाली बौद्ध परम्पराअनुसार मौर्य सम्राट अशोकले ईसापूर्व तेस्रो शताब्दीतिर आफ्ना गुरु उपगुप्तसहित काठमाडौं उपत्यकाको तीर्थयात्रा गरेका थिए । सोही क्रममा उनकी छोरी चारुमतीको विवाह स्थानीय राजकुमार देवपालसँग भएको र उनीहरूले चावहिल क्षेत्रमा विहार स्थापना गरेको जनश्रुति छ । चारुमतीकै नामबाट विहारको नामकरण भएको मानिन्छ । यो विहार काठमाडौं उपत्यकाको प्राचीन बौद्ध सम्पदामध्ये एक हो ।

प्रधानमन्त्री शाहले दिन लागेको उपहारले दुई देशबीचको कूटनीतिक सम्बन्धसँगै सम्राट अशोकको बौद्ध धम्म विस्तार र नेपालसँग जोडिएको ऐतिहासिक परम्परालाई समेत स्मरण गराउने अपेक्षा गरिएको छ । तर अशोकको काठमाडौं भ्रमण र चारुमतीसँग सम्बन्धित कतिपय प्रसंग ऐतिहासिक अभिलेखबाट पुष्टि हुन बाँकी छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट