
काठमाडौं। नेपाली पर्वतारोही अबिरल राईले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गर्दै आफ्नो अन्तर्राष्ट्रिय उपलब्धिमा अर्को महत्वपूर्ण अध्याय थपेका छन्। यससँगै उनी थुलुङ राई समुदायबाट माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपाली बनेका छन्।
३५ वर्षीय अबिरल राई सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६, मुक्लीका स्थायी बासिन्दा हुन्। उनी राई समुदायका पहिलो अन्तर्राष्ट्रिय प्रमाणित IFMGA (International Federation of Mountain Guides Associations) माउन्टेन गाइडका रूपमा परिचित छन्। हिमाल आरोहण, उद्धार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण अभियानमा उनको लामो अनुभव रहेको छ।
अबिरल राई हाल विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने प्रतिष्ठित “सेभेन समिट्स” अभियानमा सक्रिय छन्। एल्ब्रसको सफल आरोहणसँगै उनले पाँच महादेशका सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन्।
उनले हालसम्म सफलतापूर्वक आरोहण गरेका सर्वोच्च शिखरहरू:
एशिया: सगरमाथा (८,८४८.८६ मिटर)
दक्षिण अमेरिका: एकोन्कागुआ (६,९६१ मिटर)
ओसिनिया: कार्स्टेन्स पिरामिड (पुन्चाक जाया) (४,८८४ मिटर)
अन्टार्कटिका: माउन्ट भिन्सन (४,८९२ मिटर)
युरोप: माउन्ट एल्ब्रस (५,६४२ मिटर)
अबिरल राई यसअघि तीन पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। उनले ल्होत्से, मनास्लु लगायत ८ हजार तथा ७ हजार मिटर वर्गका हिमालहरू सफलतापूर्वक आरोहण गर्नुका साथै दर्जनौँ ६ हजार मिटरभन्दा अग्ला हिमालहरू पनि चढिसकेका छन्। उनी थुलुङ राई समुदायका पहिलो सगरमाथा आरोही समेत हुन्।
यसपटकको एल्ब्रस अभियानमा अबिरल राईसँगै चतुर तामाङ (एल्ब्रसका १९४ सफल आरोहण गरिसकेका अनुभवी पर्वतारोही), र लोकप्रिए गाएक राजु लामा, विक्रम कार्की (IFMGA Guide), नुर्बु शेर्पा, विकाश तामाङ, दाबुटी शेर्पाले, तथा भारतको सिक्किमकी छिरिङ छोडेन सहित सात सदस्यीय नेपाली टोली सहभागी थियो।

टोलीका अनुसार एउटै अभियानमा सात नेपाली पर्वतारोहीले माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण गरेको यो पहिलो पटक हो, जसले नेपाली पर्वतारोहण इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ।
विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने “सेभेन समिट्स” चुनौती विश्व पर्वतारोहणको सबैभन्दा प्रतिष्ठित उपलब्धिमध्ये एक मानिन्छ। एल्ब्रस सफलतापूर्वक आरोहण गरेसँगै अबिरल राई अब बाँकी रहेका शिखरतर्फ आफ्नो अभियानलाई निरन्तर अघि बढाइरहेका छन्।
अबिरल राईको यो सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन। यसले नेपाल, विशेषगरी थुलुङ राई समुदायको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ। साथै नेपाली पर्वतारोहीहरूको अन्तर्राष्ट्रिय क्षमता, साहस र नेतृत्वलाई विश्वमाझ थप उजागर गरेको छ।
आगामी दिनमा आफ्नो सेभेन समिट्स अभियान पूर्ण गर्ने लक्ष्य लिएका अबिरल राईको यो यात्राले नयाँ पुस्ताका नेपाली पर्वतारोहीलाई प्रेरणा दिने विश्वास गरिएको छ।













समाचार
विश्वक फुटबल : अर्जेन्टिना सेमिफाइनमा, स्विट्जरल्यान्डको यात्रा समाप्त
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेप्सेमा ९३ लाख कित्ता सेयर सूचीकृत
वनफूलले सिँगारिएको ढोरपाटन
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
किसानलाई अनुदानमा कृषि सामग्री वितरण
भानु साहित्य उद्यानलाई २४ करोड
मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरू
सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन