दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत

नुवाकोट । दक्षिण कोरियास्थित संस्थाहरूले भोटेकोशी बाढीपीडितहरुलाई राहत सहयोग वितरण गरेको छ । शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वय तथा दक्षिण कोरियाको फाजुस्थित 919 파주기후정의행진추진위원회 र 파주이주노동자센터 샬롬의집 को आर्थिक सहयोगमा नुवाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको हो।

 

भोटेकोशी विपत्तिबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रमअन्तर्गत नुवाकोट जिल्लाको विदुर नगरपालिका–९, माछापोखरीका ५० परिवारलाई खाद्यान्न सामग्री (रासन) वितरण गरिएको छ। त्यसैगरी, प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीअन्तर्गत शब्दकोश (डिक्सनरी) समेत वितरण गरिएको छ।

नेपाल शेर्पा सङ्घका निवर्तमान सचिवालय सदस्य तथा आदिवासी जनजाति युवा महासङ्घका कोषाध्यक्ष रग्बा शेर्पाका अनुसार बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर सहयोग कार्यक्रम सञ्चालन गरिएको हो। उनका अनुसार रसुवाका बाढीपीडितका लागि दक्षिण कोरियाबाट राहत सहयोग सङ्कलन तथा समन्वय गर्ने कार्यमा शेर्पा सङ्घ दक्षिण कोरियाका संरक्षक लाक्पा शेर्पा (TDNK) ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

दक्षिण कोरियास्थित संस्थाहरूको आर्थिक सहयोग, शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वय तथा नेपालमा स्थानीयस्तरमा गरिएको व्यवस्थापन र वितरणमार्फत सम्पन्न यस अभियानले विपतबाट प्रभावित परिवारलाई राहत पुर्‍याउनुका साथै विद्यार्थीहरूको शैक्षिक निरन्तरतामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट