जसपा नेपाल वाग्मती प्रदेश कमिटीको बैठक शनिवार बस्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालको वाग्मती प्रदेश कमिटीको बैठक आउँदो शनिवार बस्ने भएको छ । प्रदेश कमिटीका अध्यक्ष दावा छिरि शेर्पाका अनुसार मंसिर ५ गते दिउँसो १ः३० बजे ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

प्रदेश अध्यक्ष दावा छिरि शेर्पाको अध्यक्षतामा बस्ने बैठकमा केन्द्रीय उपमहासचिव लिला देवी सिटौलाको विशेष उपस्थिति रहने मुख्य सचिव राम लामाले जानकारी दिए ।

अध्यक्ष शेर्पाले बैठकमा प्रदेश कमिटीका पदाधिकारी, कार्यकारिणी सदस्य तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेका छन्। बैठकमा पार्टीका प्रदेशस्तरीय गतिविधि, संगठनात्मक अवस्था तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने बताइएको छ। साथै, आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा बागमती प्रदेशभर उम्मेदवारी दिने विषयमा समेत रणनीति तय गरिने जनाइएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट