
काठमाडौं । नेपालको ऐतिहासिक विरासत र दिगो पर्यटनलाई एउटै सूत्रमा उनेर बागमती प्रदेशका १५ स्थानीय तह समेट्ने गरी ‘फोर्ट स्टेज राइड’ को सम्भाव्यता अध्ययन सुरु भएको छ।
स्टोरीसाइकल र समृद्ध सिन्धुली अभियानको संयुक्त पहलमा सुरु भएको यो अभियानले ३९० किलोमिटर लामो चक्रीय मार्गमार्फत ऐतिहासिक गढी, सम्पदा र प्रकृतिलाई जोड्ने लक्ष्य राखेको छ। नेपालकै पहिलो न्यून कार्बन विशेषतासहितको यो ट्रेलले परम्परागत पर्यटनको ढाँचालाई बदल्दै वातावरण मैत्री र स्वास्थ्यवर्द्धक यात्राको नयाँ मानक स्थापित गर्ने देखिएको छ।
अभियानको मुख्य उद्देश्य पर्यटन क्षेत्रबाट हुने कार्बन उत्सर्जनलाई ३० प्रतिशतसम्म घटाउनु र संकलित आम्दानीको ठुलो हिस्सा सिधै स्थानीय समुदायको हातमा पुर्याउनु रहेको छ। विशेष गरी होमस्टे र युवा स्वरोजगारलाई प्राथमिकता दिँदै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने रणनीतिक योजना यसमा समावेश छ। विगतका विभिन्न खण्डित पदमार्ग र अध्ययनहरूलाई एकीकृत गर्दै तयार पारिएको यो चक्रीय मार्गले ओझेलमा परेका ऐतिहासिक स्थलहरूलाई आधुनिक पर्यटकीय नक्सामा ल्याउने विश्वास गरिएको छ।
यस परियोजनाले केवल मनोरञ्जन मात्र नभई जनस्वास्थ्य र सामाजिक सुस्वास्थ्यलाई पनि उच्च प्राथमिकता दिएको छ। साइकल यात्रालाई शारीरिक तन्दुरुस्ती र मानसिक शान्तिको माध्यम बनाउँदै बस्तीहरूमा रहेका मौलिक जीवनशैली र इतिहासलाई विश्वसामु चिनाउने अभियानको तयारी छ। साइकलमार्फत गरिने यो अनुसन्धानले नेपालमा साहसिक खेल पर्यटनको प्रवर्द्धन गर्ने मात्र नभई लामो दूरीको साइक्लिङ संस्कृतिको समेत विकास गर्नेछ।
ललितपुरको कनिबहालबाट सुरु हुने यो यात्रा लुभु, पनौती, नमोबुद्ध, सिन्धुलीगढी, मरिण, हरिहरपुरगढी र मकवानपुरगढी जस्ता महत्त्वपूर्ण ऐतिहासिक विन्दुहरू पार गर्दै पुनः प्रस्थान विन्दुमै आएर टुङ्गिनेछ। यसरी तयार हुने ट्रेलले महाभारत शृङ्खलाका प्राचीन पदमार्ग र एकीकरणका समयका गढीहरूलाई एउटै मालामा उनेर नेपालको गौरवशाली इतिहासलाई नयाँ पुस्ता र अन्तर्राष्ट्रिय जगतसँग जोड्ने पुलको काम गर्नेछ।













समाचार
विश्वकप फाइनलमा निर्णायक गोल गरेका स्पेनका टोरेस पीएसजीमा अनुबन्ध
भोलि उपत्यकाका ७ ठाउँमा एलपी ग्यास बिक्री गरिने
सवारीसाधनमा एआई, सडकमा चुनौती : प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा
काठमाडौंमा शनिबार एकै दिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री
अमेरिकालाई इरानको जवाफ– सोसल मिडियामा पोस्ट गर्दैमा कब्जा हुँदैन
पार्टी फुटाएर नयाँ गठनको विपक्षमा छु : शशांक कोइराला
भारत– श्रीलंका पहिलो टेष्ट : पहिलो दिन भारत बलियो अवस्थामा, देबदत्तको शतक
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न