
लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्द गरिएको आरोप लगाएका छन् । इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै उनले आफ्नो घरवरिपरि दर्जनौँ हतियारधारी सुरक्षाकर्मी परिचालन गरिएको बताएका हुन् । सरकारले आफूलाई घरमै बस्न सल्लाह दिएको उनको भनाइ छ ।
गत वर्ष लेहमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएकाहरूका विषयमा न्यायिक अनुसन्धान आयोगको प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइप्रति उनले असन्तुष्टि जनाएका छन् । कडा जाडोको समयमा हतारमा परिषद् निर्वाचन सम्पन्न गरिएको भन्दै उनले प्रश्न उठाएका छन् ।
लद्दाखभरि विरोध प्रदर्शन भइरहेको दाबी गर्दै वाङ्चुकले आफ्ना एक्स, इन्स्टाग्राम र युट्युब खातामा समेत पहुँच गम्भीर रूपमा प्रतिबन्धित गरिएको आरोप लगाएका छन् ।
सोनम वाङ्चुक र उनको अभियान
सोनम वाङ्चुक भारतको लद्दाखका इन्जिनियर, शिक्षाविद्, आविष्कारक तथा जलवायु अभियन्ता हुन् । सन् १९६६ मा जन्मिएका उनले लद्दाखको शिक्षा सुधार र वातावरण संरक्षणमा लामो समयदेखि काम गर्दै आएका छन् ।
सन् १९८८ मा उनले विद्यार्थी शैक्षिक तथा सांस्कृतिक आन्दोलन (सेकमोल) स्थापना गरेका थिए । हिमाली क्षेत्रमा पानीको अभाव समाधान गर्न कृत्रिम हिमनदी अर्थात् ‘आइस स्तूपा’ प्रविधि विकास गरेर उनी चर्चित बने । सन् २०१८ मा उनले रमन म्यागसेसे पुरस्कारसमेत प्राप्त गरे ।
पछिल्लो समय उनको अभियान लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने, संविधानको छैटौँ अनुसूचीमा समेट्नुपर्ने तथा स्थानीय भूमि, संस्कृति र प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्ने मागमा केन्द्रित छ । यसका लागि उनले पटक–पटक भोक हडताल र शान्तिपूर्ण आन्दोलन गरेका छन् ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम