
अमेरिकाले विश्वका २३ देशलाई आफ्नो उच्चतम जोखिमको सूची अर्थात् ‘लेभल–४ ः डु नट ट्राभल’ मा राख्दै आफ्ना नागरिकलाई ती देशमा कुनै पनि कारणले यात्रा नगर्न चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनामा अफगानिस्तान, बेलारुस, रुस, युक्रेन, इरान, इराक, उत्तर कोरिया, सिरिया, लेबनान, लिबियासहित २३ देश समेटिएका छन् ।
अमेरिकाले स्थानीय सुरक्षा अवस्था अत्यन्त जोखिमपूर्ण रहेको वा ती देशमा रहेका आफ्ना नागरिकलाई आपतकालीन अवस्थामा सहयोग पु¥याउने अमेरिकी सरकारको क्षमता सीमित रहेको आधारमा यस्तो वर्गीकरण गरेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले यात्रा जोखिमलाई चार तहमा वर्गीकरण गर्दै आएको छ । पहिलो तहमा सामान्य सावधानी अपनाउन, दोस्रोमा थप सतर्क रहन, तेस्रोमा यात्रा पुनर्विचार गर्न र चौथो तहमा यात्रा नगर्न निर्देशन दिन्छ । यी मध्ये लेभल–४ सबैभन्दा उच्च जोखिमको तह हो ।
सूचीमा रहेका देशहरूलाई समेट्नुको मुख्य कारण सशस्त्र द्वन्द्व, आतंकवाद, राजनीतिक अस्थिरता, अपहरण, हिंसात्मक अपराध र कमजोर स्वास्थ्य सेवा हुन् । उदाहरणका लागि, अफगानिस्तानमा आतंकवाद, अपहरण र गैरकानुनी हिरासतको जोखिम छ । त्यस्तै रुसमा आतंकवाद तथा अमेरिकी नागरिकलाई गलत ढंगले हिरासतमा लिने जोखिम औँल्याइएको छ । इरान, इराक र लेबनानमा क्षेत्रीय तनाव, आतंकवाद र अस्थिरता प्रमुख जोखिमका रूपमा उल्लेख छन् । अफ्रिकाका ११ देशसमेत यो सूचीमा छन् ।
अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा देशपिच्छे फरक मितिमा जारी गरिएका सुरक्षा चेतावनीहरू दिएको छ । मन्त्रालयले लेभल–३ र ४ का चेतावनी कम्तीमा प्रत्येक छ महिनामा पुनरावलोकन गर्ने गरेको छ ।
नेपाल छैन लेभल– ४ मा
तर नेपाल भने यो सूचीमा छैन । अमेरिकी विदेश मन्त्रालयले नेपाललाई प्राकृतिक विपद्को जोखिम देखाउँदै लेभल–२ अर्थात् थप सतर्कता अपनाउनुपर्ने श्रेणीमा राखेको छ । अमेरिकाको यो चेतावनी मुख्यतः अमेरिकी नागरिकको सुरक्षालाई लक्षित छ ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम