नेपाल शेर्पा महिला संघद्वारा रक्तदान कार्यक्रम आयोजना हुँदै

काठमाडौं। नेपाल शेर्पा महिला संघले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघको वार्षिक कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।
संघकी अध्यक्ष थाक्ची शेर्पाका अनुसार काठमाडौंको बौद्ध परिसर (कोरा) मा आयोजना हुने उक्त कार्यक्रम कात्तिक २३ गते सोमबार बिहान ९ बजेदेखि रक्तदान सुरु हुने बताएको छ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा सहभागी भई रक्तदान गर्न संघले सम्पूर्ण सर्वसाधारणलाई आग्रह समेत गरेको छ।
रक्तदानमार्फत मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा परोपकारी भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट