रवीन्द्र मिश्र र दुर्गा प्रसाईं सहतिका २४ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले राप्रपा नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं सहित २४ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २४ जना व्यक्तिहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

प्रहरीको माग बमोजिम सरकारी वकिलहरूले भने २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेका थिए । पछिल्लो पटक १० वैशाखमा उनीहरूविरुद्ध तीन दिनको म्याद थप भएको थियो । त्यसबेला पनि उनीहरुलाई २० दिन हिरासतमा राख्न सरकारी पक्षले माग गरेको थियो । तर, अदालतले मिश्रको बयान सकिएको र प्रसाईंको पनि जारी रहेको विषयलाई उल्लेख गर्दै थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न आदेश दिएको थियो ।

प्रहरीले भने अनुसन्धान गर्नुपर्ने थप विषयहरु अझै बाँकी रहेको भन्दै म्याद थप गर्नुपर्ने प्रस्ताव गरेको थियो । मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै एक साताअघि छाडेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार