
काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु गरिएको छ।
महिला सशक्तीकरण तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै सुरु गरिएको १५ दिने आवासीय तालिममा देशका विभिन्न भागबाट छनोट भएका २८ महिलाको सहभागिता छ । बोर्डको सहकार्यमा नेपाल माउन्टेन एकेडेमीले सञ्चालन गर्दै आएको यस तालिमले सहभागीहरूलाई पदमार्गको प्राविधिक ज्ञान, सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार, हिमाली क्षेत्रको आचरण तथा पेशागत सेवाको गुणस्तरीय अभ्यास सम्बन्धी सीप प्रदान गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा उपस्थित सोलुखुम्बु जिल्ला समन्वय अधिकारी चन्द्रसिंह श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिकाका प्रशासन प्रमुख तुक्ति शेर्पा, वडा नम्बर–७ का वडाध्यक्ष सोनाम शेर्पा, वडा सदस्य बलकाजी कार्की तथा नम्बर व्यावसायिक तालिम केन्द्रका प्रिन्सिपल लाक्पा रिन्जी शेर्पाले महिलाको पर्यटन क्षेत्रप्रति बढ्दो आकर्षणले नेपालको हिमाली पर्यटनलाई अझ सुरक्षित, विश्वसनीय र समावेशी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे । उनीहरूले नेपाल पर्यटन बोर्डले अघि सारेका क्षमता विकास कार्यक्रमहरू स्थानीय तहदेखि राष्ट्रिय तहसम्म दिगो पर्यटन प्रवद्र्धनका लागि आधार निर्माण गरिरहेको उल्लेख गरेका छन् ।
ट्रेकिङ क्षेत्रमा महिला सहभागिता विस्तार हुनु देशको पर्यटन क्षेत्रको समावेशी विकासका लागि आवश्यक रहेको र यस्तो तालिमले महिलालाई आत्मविश्वासी, दक्ष र पेशागत रूपमा योग्य ट्रेकिङ गाइडको रूपमा स्थापित गर्न मद्दत गर्ने बोर्डको विश्वास छ । बोर्डले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तर रूपमा विस्तार गर्दै समुदायमा आधारित पर्यटन र महिलाको आर्थिक सशक्तीकरणका लागि थप अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।













समाचार
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास