
काठमाडौं। भोटेकोशी बाढीपीडितको सहयोगार्थ ब्रिटिश गोर्खासम्बद्ध विभिन्न सङ्घसंस्था तथा प्रतिनिधिहरूले सङ्कलन गरेको ६२ लाख ५३ हजार ७ सय ३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका छन्।
2GR, GPIG, QOGLR, 1981 Intake, गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति, ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति (BGNCCC) र GNWS UK गरी ६ संस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा सङ्कलन गरेको उक्त रकम गृहमन्त्री सुदन गुरुङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएका हुन्।
रकम हस्तान्तरणका लागि गएको प्रतिनिधिमण्डलमा BGNCCC का नेपाल संयोजक फुर्बा गर्जा शेर्पा, प्रमुख संयोजक कृष्णबहादुर राई, बीजीएनसीसी यूके/नेपालका प्रमुख संयोजक सन्तोष थलङ, लालबहादुर घिसिङ, ठाकुरसिंह गुरुङ, कृष्ण केदेम, कृष्णबहादुर राना र आशमान राई सहभागी थिए।

BGNCCC का नेपाल संयोजक फुर्बा गर्जा शेर्पाका अनुसार भेटका क्रममा गृहमन्त्री गुरुङलाई गोर्खा सत्याग्रहको आगामी निर्णायक आन्दोलनका विषयमा विस्तृत जानकारी गराइएको थियो। सोही क्रममा ब्रिटिश
गोर्खा तथा उनीहरूका सन्ततिको वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरतासम्बन्धी विषयलाई पनि विशेष प्राथमिकताका साथ उठाइएको थियो।
शेर्पाका अनुसार सन् २०११ देखि नै सम्बन्धित संस्थाले गोर्खा तथा उनीहरूका सन्ततिको वंशजको नागरिकता निरन्तरताका लागि संवैधानिक व्यवस्था गर्न सरकारसँग निरन्तर आग्रह गर्दै आएको छ। तर, हालसम्म आश्वासनबाहेक ठोस उपलब्धि हुन नसकेको विषयमा प्रतिनिधिहरूले गुनासो गरेका थिए। प्रतिनिधिमण्डलले वर्तमान सरकार र प्रतिनिधिसभाले यस राष्ट्रिय मुद्दालाई तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै संवैधानिक व्यवस्था नहुन्जेल गोर्खा तथा उनीहरूका सन्ततिले नेपालमा भोग्दै आएका कानुनी तथा प्रशासनिक झन्झट अन्त्य गर्न माग गरेको थियो। साथै, नागरिकता ऐन संशोधन वा अध्यादेशमार्फत आवश्यक निकास दिन र समस्या समाधान नहुँदासम्म प्रशासनिक निकायबाट अनावश्यक दुःख नदिने व्यवस्था गर्न तत्काल परिपत्र जारी गर्न पनि गृहमन्त्रीसमक्ष आग्रह गरिएको थियो।

भेटका क्रममा गृहमन्त्री गुरुङले गोर्खाहरूको नागरिकतासम्बन्धी समस्या समाधान गर्न आफू गम्भीर र प्रतिबद्ध रहेको बताएका थिए। यस विषयमा थप छलफलका लागि मङ्सिर ९ गते अपराह्न ३ बजे BGNCCC का प्रतिनिधिहरूसँग बैठक गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदललाई तत्काल निर्देशन दिएको जानकारी पनि शेर्पाले दिएका छन्।

नागरिकता निरन्तरता अभियानका क्रममा हालसम्म तयार गरिएका आधिकारिक दस्तावेजहरू पनि नेपाल संयोजक फुर्बा गर्जा शेर्पासहितको प्रतिनिधिमण्डलले गृहमन्त्री गुरुङलाई हस्तान्तरण गरेको थियो। उक्त भेटवार्तामा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदासको समेत उपस्थिति रहेको थियो।












समाचार
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल