
बर्दिया। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियाको गुलरिया नगरपालिका–४ स्थित खेलमैदानमा सञ्चालन भइरहेको लन टेनिस (Lawn Tennis) प्रतियोगितामा गैरआवासीय नेपाली संघ (एनआरएनए) टिमले सहभागिता जनाएको छ।
दावा सोनाम शेर्पाका अनुसार, एनआरएनए टिमबाट चार खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। टिममा दावा सोनाम शेर्पा, रेनजेन लामा, असभ हाडा र अन्जन थेङ रहेका छन्। त्यस्तै, टिमको प्रशिक्षकमा छेवाङ लामा र म्यानेजरमा निरा कायस्थ रहेका छन्।
नेपालको राष्ट्रिय खेलकुदको बृहत् प्रतियोगिताका रूपमा रहेको दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टोलीका खेलाडी सहभागी छन्। प्रतियोगितामा ३२ खेल विधाका ३८४ इभेन्ट समावेश छन्। औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा हुने भए पनि केही खेलका प्रतिस्पर्धा मंसिर ८ गतेदेखि नै सुरु भएका हुन्।
लन टेनिस प्रतियोगिता मंसिर ८ देखि १४ गतेसम्म बर्दियाको गुलरियामा सञ्चालन भइरहेको छ। कर्णाली प्रदेशमा लन टेनिस कोर्ट नभएकाले प्रतियोगिता लुम्बिनी प्रदेशको बर्दियामा आयोजना गरिएको हो। प्रतियोगितामा सात प्रदेशका सात टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका तीन विभागीय टोली र एनआरएनएको एक टोली गरी ११ टोलीका ११० खेलाडी सहभागी छन्।
विभिन्न प्रदेश, विभागीय टोली र एनआरएनएका खेलाडीबीच जारी लन टेनिस प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक बनिरहेको छ।












समाचार
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल