
काठमाडौं । ओपनर अर्जुन कुमालले शतक पूरा गरेपछि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज गण्डकी प्रदेशले कोशी प्रदेश लाई ३९ रनले हराएको छ । जितका लागि २२८ रनको लक्ष्य पछ्याएको कोशी ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रनमै सीमित भयो । कोशीको शीर्ष तथा मध्यक्रमले अपेक्षित प्रदर्शन गर्न सकेन। ७० रन जोड्दा नै टोलीले ६ विकेट गुमाएको थियो।
त्यसपछि आठौं नम्बरका दिपेश कँडेल र नवौं नम्बरका आशिष मगर ले आठौं विकेटका लागि ६० रनको साझेदारी गर्दै केही संघर्ष देखाए। आशिष ३० रनमा आउट भए भने दिपेशले ७३ बलमा ३ चौका र १ छक्का सहित अविजित ५२ रन बनाए ।
कोशीका ओपनर सुमन श्रेष्ठले २०, सकिब हकले १७, सोनु अन्सारी ले १८ र सिवास बजगाई ले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीका लागि सिब्रिन श्रेष्ठ ले ७ ओभरमा ३ विकेट लिए। यस्तै अपराजित पौडेल र सुबाश भण्डारी ले समान २ विकेट लिए । त्यसअघि नारायणी क्रिकेट मैदान मा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो। सुरुवात कमजोर रहँदा टोलीले ४५ रनमै ५ विकेट गुमाएको थियो ।
कोशीका दिपेश कँडेलले सुरुवाती ३ विकेट लिए । उनले गौरव विकलाई शून्य रनमा, सिब्रिन श्रेष्ठलाई १ रनमा र मुस्कान थापा लाई १० रनमा आउट गरेका थिए । त्यसपछि दिनेश बुढामगर र दीपक डुम्रे १–१ रनमा तथा सुबाश भण्डारी २ रनमा आउट हुँदा गण्डकी ६० रनमा ६ विकेट गुमाएर दबाबमा परेको थियो ।
तर अर्जुनलाई कप्तान विपिन खत्री ले राम्रो साथ दिए। दुवैले सातौं विकेटका लागि १६७ रनको महत्वपूर्ण साझेदारी गरे। यसक्रममा अर्जुनले १३९ बलमा ८ चौका सहित १०२ रन बनाए । विपिन ८६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ७६ रनमा अविजित रहे ।कोशीका लागि दिपेश कँडेलले १० ओभरमा ३ मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिए। राकेश शाह र सुजन थपलियाले समान १ विकेट लिए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व