
काठमाडौं । नेपाल समूह ‘बी’ को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको समूहचरणको अन्तिम खेलमा श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनामा पुगेको हो ।
नेपाले श्रीलंकालाई ६–० गोलले पराजित गरेको हो । नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १ गोल गरे । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।
भुटान समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो । समूह ‘ए’ बाट बङ्गलादेश विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।
अब सेमिफाइनलमा नेपालले भारतसँग र बङ्गलादेशले भुटानसँग खेल्नेछ । सेमिफाइनल खेल आउँदो आइतवार हुनेछ । साफ महिला च्याम्पियनशिपको फाइनल खेल आउँदो बुधवार हुनेछ ।













समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना