
काठमाडौं । एनपिएल क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा सुदूरपश्चिमले काठमान्डू गोर्खाजलाई २९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य सहित ब्याटिङ गरेको काठमान्डू १६.४ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । काठमान्डूका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रनको योगदान दिए । जोन सिम्पसन पनि २४ रन बनाए । अन्यले उलेख्य प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिमका लागि हेमन्त धामी, हरमित सिंह र स्कट कुगेलेइजनले २–२ विकेट लिए । त्यस्तै नरेन साउद र इशान पाण्डे र अभिनास बोहोराले १–१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो । उसका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण पारी खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए । दीपेन्द्रले ३९ रनको योगदान दिए ।
बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट लिए । पहिलो खेलमा साविक विजेता जनकपुरलाई पराजित गरेको काठमान्डूको विजयी यात्रा एक खेलमै सिमित भएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू