
तनहुँँ । पर्यटकीय क्षेत्र भुजिकोटको प्रवर्द्धन गर्न उकालो दौड प्रतियोगिता गरिने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित पर्यटकीय क्षेत्र भुजिकोट स्थानथोकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता गरिने भएको हो ।
नयाँ वर्ष २०८२ को पहिलो दिन वैशाख १ गते ग्रामीण पर्यटकीय गाउँ भुजिकोटको प्रचार गर्न ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ गरिने अन्नपूर्ण युवा क्लब कोत्रेका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक खेम गुरुङले जानकारी दिए । गुरुङका अनुसार १८ देखि ४५ वर्ष उमेर समूहका महिला र पुरुष सहभागी हुने गरी खुला दौड प्रतियोगिता गरिने भएको हो ।
प्रतियोगितामा प्रथमसहित पाँचौँ स्थानसम्मका धावकलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कार रु ३३ हजार ३३३, द्वितीय पुरस्कार रु २२ हजार २२२, तृतीय पुरस्कार रु ११ हजार १११, चौथो पुरस्कार रु पाँच हजार ५५५ र पाँचौँ पुरस्कार तीन हजार ३३३ नगद रहेको छ । कोत्रेचोकदेखि स्थानथोकसम्म नौ किलोमिटरको दूरीमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष अनिल खनालले दौड प्रतियोगिताका साथै गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुतिलगायतका कार्यक्रम सञ्चालन गरिने बताए । क्लबले विसं २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो । भुजिकोटबाट कास्कीका सातवटै ताल, विभिन्न हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व