
काठमाडौं । स्पेन युइएफए महिला युरो फाइनलमा प्रवेश गरेको छ । ऐताना बोनमाटीको अतिरिक्त समयमा गरिएको गोलले जर्मनीलाई १–० ले हराउँदै स्पेन युरोको उपाधि नजिक पुगेको हो ।
स्पेनले अब उपाधिका लागि इंग्ल्यान्डसँग फाइनल खेल्नेछ । पछिल्लो विश्व कपमा यीनै दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । दुईपटक बलन डि’ओर जितेकी बोनमाटीले १ सय १३औं मिनेटमा गोलकिपर एन–क्याट्रिन बर्गरलाई छक्याउँदै गोल गर्दै टोलीको फाइनल यात्रा पक्का गरिन् ।
अन्तिम केही क्षणमा जर्मनीले दबाब तीव्र बनाएको थियो । तर गोलकिपर काटा कोलले लिया शुलरको प्रहार रोक्दै स्पेनलाई इतिहासमा पहिलोपटक युरोको फाइनलमा पुर्याइन् । अब स्पेनले सरिन विगम्यानको इंग्ल्यान्डसँग २०२३ को विश्व कप फाइनलमा जस्तै युरोको उपाधिका लागि खेल्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम