
काठमाडौं । कीर्तिपुरमा सम्पन्न १३ वर्षमुनिको प्रथम एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताअन्तर्गत आजका खेलमा हिमालयन क्रिकेट एकेडेमी, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र काठमाडौं क्रिकेट एकेडेमीले जितेका छन्।
आइरिस इभेन्ट प्रालिको आयोजनामा विश्वविद्यालयको लेबोरेटरी मावि चौरमा सम्पन्न उक्त प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले बूढानीलकण्ठ क्रिकेट एक्सिलेन्स सेन्टरलाई नौ विकेटले हरायो। विजयमा इशान अलीको तीन विकेटको महत्वपूर्ण योगदान रह्यो।
दोस्रो खेलमा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले क्रिकेट एक्सिलेन्स भक्तपुरलाई १२३ रनले हरायो। सेन्टरको जितमा समर यादवको ११७ र मिङ्मार सोनाम शेर्पाको ५५ रन मुख्य योगदान रह्यो। यसैगरी, तेस्रो खेलमा काठमाडौं क्रिकेट एकेडेमीले एन्जल्स क्रिकेट एकेडेमीलालाई नौ विकेटले हरायो। काठमाडौं उपत्यकाका विभिन्न क्रिकेट एकेडेमी र विद्यालय गरी १६ टोली रहेको यो प्रतियोगिता १० दिन चल्नेछ। प्रतियोगितामा जित्ने टोलीले रु एक लाख, उपविजेताले ५० हजार पाउनेछन्।
आयोजक हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष जीवन शाहीका अनुसार कलिला बालबालिकाबीच क्रिकेट संस्कृति स्थापित गराउन र प्रतिभा प्रस्फुटन गराउन यो प्रतियोगिता महत्वपूर्ण हुनेछ। आइरिस इभेन्ट अध्यक्षका जीवन चन्दले सुवर्ण शमशेरको नाममा आयोजित यस प्रतियोगितामा उत्साहजनक सहभागिता भए पनि स्रोतसाधनको समस्या ब्यहोर्नु परिरहेको बताए।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम