
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाण्डौ महानगरपालिकाले गए राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ । महानगरले टोलीका हरेक खेलाडीलाई जनही एक लाख रुपैयाँ, प्रशिक्षक, टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी कूल २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको हो ।
खेलाडीलाई उनीहरु बसेको होटल सोल्टीमै पुगेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गरेका हुन् । राति खेल सकेर होटल पुग्नासाथ खेलाडी महानगरको सम्मानमा सामेल भएका थिए । सम्मान कार्यक्रममा बालेनले फाइनल खेल दशरथ रङ्गशालामै आएर हेर्दा नर्मस भइने डरले आफुले घरमै बसेर हेरेको पनि बताए । महानगरले दर्शकको चापलाई ध्यानमा राखेर बुधवार साँझ काठमाडौंको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरणको मैदानमा एलइडी स्क्रिनबाट महिला फाइलन खेलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर मिलाएको थियो । ‘फाइनलमा हामी बङ्गलादेशभन्दा कम थिएनौँ एउटै कर्नरको गोलले पछि परिएको हो । हारले जित्न सिकाउँछ । हामी सबै नेपालीलाई तपाईहरुले खुशी दिनुभएको छ । त्यो नै जित हो,’ बालेनले भने ।
उपप्रमुख डंगोलले हरेक हारले जित्न सिकाउने भन्दै खेलाडीलाई अर्को पटक जित्न शुभकामना दिइन् । जसअनुसार टुँडिखेलमा २० हजार, हाँडीगाउँमा पाँच हजार र चाबहिलमा सात हजार दर्शकले फाइनल खेल हेरेको पनि महानगरले जनाएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
इप्पानको सेबोनसँग ८ बुँदे नीतिगत र ३ बुँदे तत्कालीन माग, ‘आईपीओ रोकिँदा ४ हजार मेगावाटका आयोजना संकटमा’
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा
‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकाद्धारा आक्रमण : जवाफ दिने इरानको चेतावनी
सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
विश्वकप फुटबल : क्वाटरफाइनल समिकरण पुरा, युरोपका ६ टोलि अन्तिम ८ मा
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना