
काठमाडौं । गोर्खाको चुमनुम्ब्री गाउँपालिका ६ मा आकस्मिक बाढी आएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आज बिहान चार बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर पाएको बताए । उनका अनुसार बाढीले मानवीय क्षति पुर्याएको जानकारी छैन ।
अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको उनले बताए ।
चुमनुम्ब्री गाउँपालिका ६ चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढी आएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
बाढीले तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार जोखिममा रहेको स्थानीयले बताएका छन् । जोखिमका कारण कतिपय विस्थापित भएका छन् ।
बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढी आएकाले सतर्कता अपनाउन भन्दै एसएमएस पठाएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै