
पोखरामा जारी फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा आयोजक युनाइटेड किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल संघले जित निकालेका छन् । प्रतियोगिताको दोस्रो दिन आयोजक र गण्डकीले लगातार दोस्रो जित निकाल्दा पुलिसले पहिलो जित दर्ता गरेको हो ।

आयोजक युनाइटेड किङ्स क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा ३–० ले पराजित ग¥यो । यस्तै, नेपाल पुलिस क्लबले कोसी प्रदेशलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

त्यसैगरी गण्डकी प्रदेश भलिबल संघले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । लगातार दुई खेल जितेका आयोजक र गण्डकीको समान ६ अंक भएको छ । दोस्रो दिनको जितसँगै दुवै टोलीले प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।
तस्बिर : बसन्त शेर्पा/ नेपाल फोटो सर्भिस (NPS)












समाचार
रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदै
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि