रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदै

काठमाडौँ | रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदैछ । शिक्षाको ज्योति फैलाउने उद्देश्यसहित रनग रिन्पोछे अर्थात् डोल्पो बुद्धद्वारा लिखित पुस्तक ‘दीप’ को विमोचन समारोह आयोजना हुने भएको छ।
लेखक डोल्पो बुद्धले हिमालको काखमा अँध्यारो चिर्दै उज्यालो छर्ने र अक्षरहरूको माध्यमबाट चेतनाको दियो बाल्ने उद्देश्यले पुस्तक तयार पारेको बताउनु भएको छ ।
उहाँले पुस्तकको पुस्तक विमोचन समारोहलाई शिक्षा, चेतना र सिर्जनाको ज्योति बाल्ने पवित्र क्षणका रूपमा उल्लेख गर्दै कार्यक्रममा उपस्थितिका लागि सबैलाई  निमन्त्रणा गर्नु भएको छ ।
 
कार्यक्रम यहि २०८३ मङ्सिर १२ गते शनिबार (नोभेम्बर २८, २०२६) दिउँसो १ बजे काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने भएको छ ।
पुस्तकको निमन्त्रणा सन्देशमा ‘बालौँ शिक्षाको ज्योति’ भन्ने मूल भाव प्रस्तुत गरिएको छ। अक्षर र ज्ञानको उज्यालो फैलाउने अभियानलाई पुस्तकमार्फत अघि बढाउने लेखक रिन्पोछेको प्रयास रहेको छ।
फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट