
काठमाडौँ – लायन्स क्लब अफ नेपाल शेर्पाजको आयोजनामा र लायन्स क्लब अफ काठमाडौँ रेडिएन्सको सहकार्यमा हिजो बौद्ध स्तुपा परिसरमा (कोरामा)भित्र निःशुल्क मधुमेह (सुगर) र रक्तचाप (ब्लड प्रेसर) परीक्षण सेवा सञ्चालन सप्पन्न गरिएकको छ।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिएको शिविरमा युवादेखि वृद्धसम्मका १५६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवाको लाभ लिएका थिए।
स्वास्थ्य सेवा कार्यक्रममा डा. रञ्जन सिंह राठौर, डा. रबिन बस्नेत र नर्स सापकोटाको सक्रिय सहयोग रहेको थियो। परीक्षणका क्रममा लो रक्तचाप तथा मधुमेह भएका र हाइ रक्तचाप तथा मधुमेह देखिएका सेवाग्राहीलाई चिकित्सकहरूले तत्काल अस्पताल सम्पर्क गर्न सल्लाह दिएका थिए।
कार्यक्रममा लायन्स क्लब डिस्टृक्ट ३२५ जी का डिस्टृक्ट गभर्नर बिधान जोशीको प्रमुख आतिथ्य रहेको थियो । उपस्तिथितिको क्रममा उनले भने स्वस्थ समाज निर्माणका लागि यस्ता सामुदायिक स्वास्थ्य शिविरहरू अत्यन्तै प्रभावकारी माध्यम हुन्। लायन्सले ब्लड बैंक संचालन गरेर आपातकालीन अवस्थामा रगत उपलब्ध गराई धेरैको ज्यान जोगाउन सफल भएको छ। यस्ता थुप्रै मानाव हितका कार्यहरूले गर्दा लायन्स हुनुमा भित्री सन्तुष्टि पर्याप्त मिलेको पनि बताए ।
सो अवसरमा जीएसटी रीता दाहाल, लायन्स क्लब अफ नेपाल शेर्पाजका चार्टर प्रेसिडेन्ट तथा डिस्टृक्ट जोइन्ट सेक्रेटरी पासाङ शेर्पा, रिजन चेयरपर्सन छिरिङ शेर्पा, जोन चेयरपर्सन चेङा शेर्पा, निवर्तमान अध्यक्ष दावा शेर्पा, सचिव पेम्बा ज्याल्जेन शेर्पा, कोषाध्यक्ष पासाङ शेर्पा, उपाध्यक्ष बिरे शेर्पा लगायत क्लबका सबै पदाधिकारी र सदस्यहरूले उल्लेखनीय सहभागिता जनाउँदै स्वयंसेवकको भूमिका निर्वाह गरे। साथै प्रपोज्ड नयाँ क्लबका अध्यक्ष नगेन्द्र पौड्याल पनि कार्यक्रममा उपस्थित भए।
समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन पाउँदा क्लबको उद्देश्य अझ अर्थपूर्ण बनेको छ र आगामी दिनमा पनि यस्ता मानवीय कार्य निरन्तर रहिरहने क्लबका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए।












समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय