
काठमाडौं, सागादावा पर्वको पावन अवसरमा हिमाली शेर्पा समाज र लायन्स क्लब अफ नेपाल शेर्पाज (डिस्टृक्ट ३२५ जी) को संयुक्त आयोजनामा २१औं रक्तदान कार्यक्रम बौद्ध परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ११० जना स्वयंसेवी रक्तदाताहरूबाट ११० पाउन्ड रगत संकलन गरिएको आयोजकले जानकारी दिएका छन्। लायन्स डिस्टृक्ट ३२५ जी का Chief Governor`s Aide बिलास अधिकारीले यो कार्यक्रममार्फत १३ वर्षपछि पुनः रक्तदान गरेका थिए । स्वास्थ्य अवस्थाका कारण लामो समय रक्तदानबाट टाढा रहनुपरेको उल्लेख गर्दै उनले यस पटकको सहभागिता भावनात्मक र प्रेरणादायी अनुभव भएको बताए। सागादावा पर्व, बौद्ध धर्मावलम्बीहरूको लागि अति पवित्र महिनाका रूपमा मानिन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाण यही महिनामा भएको विश्वास गरिन्छ। यस महिनामा गरिने दान, प्रार्थना, मन्त्रजप, पशु मुक्ति र रक्तदानलाई विशेष पुण्यदायी मानिन्छ।
लायन्स क्लब अफ नेपाल शेर्पाजका अध्यक्ष दावा शेर्पाले क्लबले स्थापनाकालदेखि नै रक्तदानजस्ता मानवीय सेवासँग जोडिएका सामाजिक कार्य गर्दै आएको जानकारी दिए। उनले लायन्स क्लब इन्टरनेशनलको “We Serve” भन्ने आदर्शअनुसार समाजका विविध तहमा सेवा पु¥याउने उद्देश्यले विभिन्न जनकल्याणकारी कार्यक्रमहरू सञ्चालन भइरहेको स्पष्ट पारे। त्यस्तै, हिमाली शेर्पा समाजका अध्यक्ष ठिलेन शेर्पाले रक्तदानलाई ठूलो पुण्यदानको रूपमा लिएर समाजले समय–समयमा यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको बताए।
कार्यक्रममा डिस्टृक्ट ३२५ G का प्रथम गर्भनर उत्तम झा, वर्ष २०२४/२५ का प्रथम गभर्नर विधान जोशी, TULBTRC का अध्यक्ष राजेन्द्र गिरी, डिस्टृक्टका Chief Governor`s Aide अग्नि बिलास अधिकारी, डिस्टृक्ट हङ्गर चेयरपर्सन पासाङ्ग छेल्हामो शेर्पा, रिजन चेयरपर्सन प्रकाश अधिकारी, जोन चेयरपर्सन छिरिङ शेर्पा तथा आयोजक क्लबका पदाधिकारी सदस्यहरू र हिमली शेर्पा समाजका पदाधिकारी, स्वयंसेवक लगायतका विशेष उपस्थिति रहेको थियो। सागादावाको धार्मिक आस्थालाई मानव सेवा र सहकार्यसँग जोड्दै, पुण्य सञ्चयको अवसरका रूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका रक्तदान संयोजक दाउछिरी शेर्पाले जानकारी दिए।
रक्तदान कार्यक्रम लायन्सका आफ्नै स्थापित ब्लड बैंक,त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र (TULBTRC) को समान्वयमा सप्पन्न भएको हो ।












समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए