
काठमाडौं — विगत केही समयदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बौद्ध गुम्बा तथा बौद्ध समुदायबारे अनर्गल र तथ्यहीन सामग्रीहरू प्रसारित भएको भन्दै नेपाल शेर्पा संघ र समग्र शेर्पा समुदायले ती गतिविधिप्रति कडा आपत्ति जनाएको छ ।
धार्मिक र सम्प्रदायिक सद्भावमा आँच पु¥याउने, आपसी भाइचारा र सामाजिक एकतालाई कमजोर बनाउने यस्ता गलत प्रचार–प्रसारले देशको शान्ति र सहिष्णुतामा गम्भीर असर पार्ने नेपाल शेर्पा संघमार्फत शुक्रवार विज्ञप्ति जारी गर्दै अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले आपत्ति जनाएका छन् ।
संघले यस्ता भ्रम फैलाउने, द्वन्द्व भडकाउने र समाजलाई विभाजनतर्फ उन्मुख गराउने अभिव्यक्ति तथा गतिविधिलाई तत्काल नियन्त्रण गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन राज्यका सम्बन्धित निकायसँग माग गरेको छ ।
बुद्धले फैलाएको ज्ञान र पञ्चशिलका सिद्धान्तअनुसार सञ्चालन भइरहेका पवित्र बौद्धधाम, गुम्बा र चैत्यहरू शान्ति, अध्ययन र अभ्यासका स्थल हुन्, त्यहाँ विभिन्न वस्तुहरू लुकाउने वा गैरधार्मिक क्रियाकलाप हुने कल्पना असम्भव रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केही अराजक तत्वले गलत मानसिकताका साथ बौद्ध धर्म र विश्वभरका बौद्ध अनुयायीहरूको भावनामा चोट पु¥याउने गरी भ्रम फैलाएको बताउँदै त्यसप्रकारका दुराशयपूर्ण प्रचारलाई शेर्पा संघले अस्वीकार गरेको छ ।
त्यस्तै, जिम्मेवार राजनीतिक दलका सदस्य र आफूलाई प्रबुद्ध वर्ग ठान्ने व्यक्तिहरूले समेत यसप्रकारका आधारहीन प्रचारमा संलग्न भएकोप्रति दुःख व्यक्त गर्दै संघले यी गतिविधिहरू केवल एउटा धार्मिक समुदायमाथिको आक्रमण मात्र होइन, राष्ट्रकै एकता र हितविरुद्ध परिचालित योजनाको हिस्सा रहेको जनाएको छ ।
शेर्पा संघले सञ्चारमाध्यमहरूलाई पनि सत्य, तथ्य र पुष्टि भएको जानकारी मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ । प्रमाणसहित देखाउन सकिँदैन भने ती असत्य प्रचार फिर्ता सचउन पनि संघले चेतावनी दिएको छ ।
राज्यका निकायलाई छानबिन गरी यथार्थ सार्वजनिक गर्न अनुरोध गर्दै सस्तो लोकप्रियता र व्यक्तिगत लाभका लागि धार्मिक भावनामा चोट पु¥याउने क्रियाकलाप विरुद्ध आवश्यक कानूनी कदम चाल्न शेर्पा समुदाय जुनसुकै मूल्य चुकाउन तयार रहेको शेर्पा संघको चेतावनी छ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू