
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न प्रकृतिका ३१ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ती घटनाबाट ११ वटा चौपायासमेत क्षति भएको छ भने करिब रु २३ लाख १८ हजार ४०० बराबरको आर्थिक क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज २३ गते बिहान १०ः०० बजेदेखि असोज २४ गतेसम्म देशका विभिन्न २९ स्थानमा विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्का घटनापश्चात् उद्धारका लागि १२० जना प्रहरी परिचालन भएका छन् ।
विभिन्न स्थानमा भएका विपद्का घटनामा घाइते भएकाहरूको सम्बन्धित क्षेत्रका अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक विवरणअनुसार ती घटनाबाट मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक सम्पत्तिमा समेत नोक्सानी पुगेको छ ।
पछिल्लो समय मौसममा भइरहेको परिवर्तनका कारण विभिन्न स्थानमा विपद्का घटना हुनसक्ने जोखिम रहेकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जानसमेत प्राधिकरणले अनुरोध गरेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम