
चीनले तातोपानी नाका बन्द गरेपछि नेपाल–चीन व्यापार प्रभावित हुनुका साथै नेपाली व्यवसायी र उपभोक्ता महँगीको मारमा परेका छन् । वैकल्पिक नाकाका रूपमा कोरला प्रयोग गर्नुपर्दा व्यवसायीले सामान ढुवानीमै पहिलेभन्दा १० गुणासम्म बढी खर्च बेहोर्नुपरेको छ ।
अरनिको राजमार्गमा पहिरो र बाढीको जोखिम देखाउँदै चीनले २०८३ भदौ १४ गतेदेखि तातोपानी नाका व्यापारिक प्रयोजनका लागि बन्द गरेको हो । दशैँलाई लक्षित गरी तीन दिन सञ्चालनमा ल्याइए पनि त्यसपछि पुनः बन्द हुँदा सीमावर्ती क्षेत्रको व्यापार व्यवसाय ठप्पजस्तै बनेको छ । होटल, पसल, यातायात र मजदुरीमा निर्भर स्थानीयको रोजीरोटीसमेत संकटमा परेको छ ।
भोटेकोशी बाढीका कारण रसुवागढी नाका पनि अवरुद्ध भएपछि व्यवसायीहरू मुस्ताङस्थित कोरला नाकाबाट सामान आयात गर्न बाध्य भएका छन् । तर कोरला हुँदै सामान ल्याउँदा ढुवानी खर्च अस्वाभाविक रूपमा बढेको छ ।
व्यवसायीका अनुसार तातोपानी र रसुवागढी हुँदै प्रतिकन्टेनर करिब ६० हजार रुपैयाँमा काठमाडौं आइपुग्ने सामान कोरला नाका प्रयोग गर्दा ६ लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको छ । ल्हासाबाट करिब ९ सय किलोमिटर र लोमान्थाङबाट साढे ४ सय किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले लागत बढेको हो ।
ढुवानी खर्च बढेसँगै आयातित वस्तुको मूल्यसमेत महँगिने र त्यसको प्रत्यक्ष मार उपभोक्तामा पर्ने देखिएको छ ।
व्यवसायीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग कूटनीतिक पहल तीव्र बनाउन माग गरेका छन् । चीनले भने सीमा क्षेत्रको सुरक्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई प्राथमिकतामा राखेको छ । यस्तो अवस्थामा सरकारले चीनसँग संवादसँगै सडक सुरक्षा, पूर्वसूचना प्रणाली र विपद् जोखिम न्यूनीकरणका पूर्वाधार निर्माणमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।











समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम