भोटेकोशी–त्रिशुली बाढीपीडितको सहयोगार्थ अवार्ड विजेता तामाङ चलचित्र ‘चारदाम’ को च्यारिटी शो हुँदै

बेलयातमा सम्पन्न दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल २०२६ मा बेस्ट सर्ट मूभि विधामा जुरी अवार्ड पाउन सफल चारदामको च्यारिटी शो हुने भएको छ । फिल्मको च्यारिटी शो भोटेकोशी–त्रिशुली बाढीपीडितको सहयोगार्थ गर्न लागिएको हो । विशेष च्यारिटी शोको मिति केही दिनमै सार्वजनिक चलचित्रकी नायिका सुकुमाया तामाङले बताइन् ।

तामाङ सास्कृतिमा आधारित चारदाम यसअघि पनि विभिन्न सहरहरुमा विशेष प्रदर्शन भइसकेको छ ।

कोशि मिजन फिल्मस प्रा.लि.को प्रस्तुति चारदाम तामाङ समुदाय भित्र रहेको विकृति, संघर्षको यथार्थपरक कथा र संस्कृतिको उजागर गर्ने चलचित्र हो ।

चारदाम मोहन लोप्चन तामाङले निर्माण गरेका हुन् । लाखमान योन्जनको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा तामाङ चलचित्रकी चर्चित अभिनेत्री सुकुमाया मोक्तानको सशक्त अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट