
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ कातिकेमा उज्यालो नेपाल पार्टीको पहिलो गाउँपालिकास्तरीय आमसभा सम्पन्न भएको छ । एक हजारभन्दा बढी स्थानीयवासी सहभागी आमसभामा विभिन्न राजनीतिक दल परित्याग गरी पाँचवटा वडाका दुई सयभन्दा बढी स्थानीय उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए । सभालाई सम्बोधन गर्दै घिसिङले सुशासन, सामाजिक न्याय, समावेशी विकास र हरित क्रान्तिमार्फत आर्थिक रूपान्तरण गर्ने पार्टीको अवधारणा प्रस्तुत गरे ।
उनले जलस्रोत, कृषि, पर्यटन र वनजस्ता स्थानीय स्रोतसाधनको उपयोग गरी उत्पादन, औद्योगिकीकरण र रोजगारी सिर्जनामा जोड दिए । जुगलको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
बाँकी वडा नम्बर ६ र ७ मा पनि भोलि पार्टी प्रवेश कार्यक्रम आयोजना गरिने पार्टीले जनाएको छ । पहिलो आमसभाको सहभागिता र पार्टी प्रवेशलाई आधार बनाउँदै उज्यालो नेपालले आगामी स्थानीय निर्वाचनमा जुगल गाउँपालिकाको नेतृत्व जित्ने दाबी गरेको छ ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम