महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा खुलातर्फ प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता लिएका छन् । महिलातर्फ डा. डिला संग्रौला (पन्त) अगाडि छिन् ।

आइतबार बिहानको ताजा मतपरिणामअनुसार ११७९ मत गन्दा महामन्त्रीको खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा पौडेलले ६८८ मत प्राप्त गरेका छन् । यस्तै, पुन मगरले ४४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उदयशमशेर राणाले ३८८, डा. सुनिलकुमार शर्माले ३००, गुरुराज घिमिरेले १६९, नैनसिंह महरले १२९, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन् ।

महामन्त्रीको महिलातर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा डा. डिला संग्रौला (पन्त) ले ५२३ मतसहित अग्रता लिएकी छन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले ४८४ मत प्राप्त गरेकी छन् । त्यस्तै, रीता खनालले १३९ मत पाएकी छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर