
काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) का उस्मान डेम्बेले र स्पेन तथा बार्सिलोनाकी स्टार आइताना बोनमाती वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। फिफा अवार्ड २०२५ मा यी दुई उत्कृष्ट खेलाडी घोषित भएका हुन्। यसअघि नै उनीहरूले यसै वर्ष पुरुष र महिलातर्फ बालोन डी’ओर जितिसकेका थिए।
डेम्बेलेले पीएसजीलाई क्लब इतिहासकै पहिलो च्याम्पियन्स लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। अर्कोतर्फ, बोनमाती स्पेनको राष्ट्रिय टोली र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै वर्षभरि चम्किइन्। फिफा अवार्डमा राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, विश्वभरका सञ्चारमाध्यम प्रतिनिधि र समर्थकहरूको मतका आधारमा विजेता छनोट गरिन्छ।
प्रशिक्षकतर्फ पनि युरोपियन च्याम्पियन
महिला फुटबलतर्फ इंग्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान वर्षकी उत्कृष्ट प्रशिक्षक बनिन्। उनले स्विट्जरल्यान्डमा भएको वुमेन्स युरो कपको फाइनलमा स्पेनलाई हराउँदै इंग्ल्यान्डलाई लगातार दोस्रो पटक युरोपियन च्याम्पियन बनाएकी थिइन्।
पुरुषतर्फ लुइस एनरिके उत्कृष्ट प्रशिक्षक घोषित भए। उनको नेतृत्वमा पीएसजीले च्याम्पियन्स लिग र फ्रेन्च लिग दुबै उपाधि जितेको थियो।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद