
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन सङ्घअन्तर्गत समावेशी समाजका लागि कार्य र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
गाउँपालिकाका सबै वडामा असोज १७ देखि २१ गतेसम्म सञ्चालन गरिएको घुम्ती आँखा शिविर तथा असोज २३ र २४ गते कोटदरबार स्वास्थ्यचौकीमा आयोजित निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरबाट स्थानीयले सेवा लिएका हुन् ।
शिविरमा सेवा लिएका ९५४ जनामध्ये ५७६ जनाको आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण तथा उपचार गरिएको छ । त्यस्तै, नजिकको दृष्टिमा समस्या भएका १०१ जनालाई चश्मा वितरण गरिएको छ भने मोतियाविन्दुको समस्या भएका १०३ जनाको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईँले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाका विभिन्न वडामा घुम्ती शिविर सञ्चालन गरी स्थानीय नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराइएको हो । आर्थिक तथा भौगोलिक कठिनाइका कारण आँखा परीक्षण र उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनले बताए ।
स्थानीयस्तरमै आँखा परीक्षण, उपचार, चश्मा वितरण तथा मोतियाविन्दुको शल्यक्रियाजस्ता सेवा उपलब्ध गराउँदा नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्नुका साथै समय र खर्चसमेत बचत भएको छ । विशेषगरी निःशुल्क शल्यक्रिया सेवाले आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीलाई राहत पुगेको छ ।












समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै