
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । सान्त्वना जित निकाल्ने क्रममा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।
स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपाले १९.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३३ रनको पारी खेले । गुल्सन झाले २४ रनको योगदान दिए भने कप्तान रोहित पौडेलले १६ रन बनाए ।
यस अघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १७० रन बनाएको थियो । स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो । उसका लागि माइकल जोन्सले ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले २५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम