
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको छ । हिजोको खेलमा गुजरातले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो ।
कोलकाताका कप्तान अजिंक्य रहानेले सर्वाधिक ५० रन बनाए । गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुई विकेट लिए । त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले तीन विकेट गुमाउँदै १९८ रन बनाएको थियो । गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए । यस्तै साई सुदर्शनले ५२ र जोश बटलरले अविजित ४१ रन जोडे ।
कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले समान एक विकेट लिए । जीतसँगै गुजरात आठ खेलबाट १२ अङ्कसहित शीर्ष स्थानमा छ । कोलकाता भने समान खेलबाट ६ अङ्कसहित सातौैं स्थानमा छ । आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व