
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्स विजयी भएको छ । शनिबार राति भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । १९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जीतमा कप्तान श्रेयस अय्यरले ५१ बलमा अविजित १०१ रन बनाए । अङ्क तालिकामा पञ्जाब १४ खेलमा १५ अङ्कका साथ चौथो स्थानमा छ भने लखनउ समान खेलमा ८ अङ्कका साथ तालिकाको पुछारमा छ । अब पञ्जबलाई प्लेअफमा पुग्नका लागि राजस्थान रोयल्सको खेलको नजितामा भर पर्नुपर्ने भएको छ । आज हुन खेलमा राजस्थान विजयी भएको खण्डमा पञ्जाबको प्लफ खेल्ने सम्भावना सकिने छ । आजको खेलमा राजस्थान पराजित भएको खण्डमा भने पञ्जाब प्लेअफमा पुग्ने छ ।
आईपीएल क्रिकेटमा आज २ वटा खेल हुँदैछन् । पहिलो खेल मुम्बई इन्डियन्स र राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो पौने ४ बजे हुनेछ भने अर्को खेल बेलुकी पौने ८ बजे कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डेन्समा हुनेछ ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु